सामाजिक यथार्थ र वर्ग संघर्षको कथामा आधारित ‘महाभोज’ को टीजर (भिडियो)

April 22, 2025 at 10:05 AM
1 min read

काठमाडौं- जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ को टीजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टीजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । टीजरमा अभिनेताद्वय खगेन्द्र लामिछाने र दयाहाङ राईको एक संवाद छ- ‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ !’ यो संवादले देखाउँछ कि फिल्म केवल बाह्य हिंसाको चित्रणमा सीमित छैन, सामाजिक अन्याय, आर्थिक असमानता, शक्ति र संरचनाले सिर्जना गर्ने मानसिक तथा जीवन मरणको अवस्था जस्ता सूक्ष्म र गम्भीर विषयहरू उठाउने प्रयासमा छ । सहकारी संस्थाको अध्यक्षको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...