अभिनेत्री उषा पौडेलले गरिन् विवाह

May 4, 2025 at 01:43 AM
1 min read

काठमाडौं- अभिनेत्री उषा पौडेल दोस्रो पटक विवाह वन्धनमा बाँधिएकी छिन् । उनले अमेरिकाको बाल्टिमोर निवासी राहुल केसीसंग अदालती विवाह गरिसकेको बताइन्छ । अभिनेत्री पौडेलको निकट स्रोतले जानकारी दिए अनुसार उनीहरुले यही मे ११ अर्थात वैशाख २८ गते हिन्दु परम्परा अनुसार परम्परागत विवाह गर्ने तयारी गरेका छन् । भनिन्छ, अभिनेत्री पौडेलले श्रीमानको रुपमा रोजेका व्यक्ति पनि कलाकारिता क्षेत्रसंगै आवद्ध छन् । केही नेपाली फिल्ममा अभिनय गरिसकेका कलाकार केसी इनास अमेरिकाका वर्तमान अध्यक्षसमेत हुन् । नवविवाहित पौडेल तथा केसीको जोडीलाई मंगलमय शुभकामना ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...