छायाँछवि डी सिने अवार्डमा ज्ञानेन्द्र र निरुतालाई रजत सम्मान, सचितलाई पत्रकारिता पुरस्कार

June 4, 2026 at 11:31 AM

काठमाडौं– छायाँछवि क्रियशनले बिहीवार काठमाडौंमा आयोजना गरेको १७औँ संस्करणको ‘डी सिने अवार्ड २०२६’ मा निर्देशक ज्ञानेन्द्र देउजा तथा अनिभेत्री निरुता सिंह सम्मानित भएका छन् । नेपाली फिल्मको प्रवर्धन तथा फिल्मकर्मीहरूको सम्मानका लागि स्थापित प्रतिष्ठित अवार्ड कार्यक्रममध्ये एक मानिएको अवार्ड समारोहमा निर्देशक देउजा तथा अभिनेत्री सिंहलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मानद्वारा सम्मानित गरिएको हो । नेपाली फिल्म क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मानित गरिएको आयोजक संस्था छायाँछवि क्रिएशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । समारोहमा पत्रकार सचित खड्कालाई १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...