महाभोज: पैसा मात्र होइन भरोसा पनि लुटिएको कथा

May 15, 2025 at 08:27 AM

काठमाडौं – दर्शकको मन मथिङ्गल बनाउने र समाजको गहिरो घाउ झिकेर देखाउने तयारीमा रहेको छ फिल्म ‘महाभोज’, जुन जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । पहिलो पटक पर्दामा एउटा यस्तो कथा आउँदै छ, जसले दर्शकको मन मात्र होइन, आत्मा नै झकझक्याउनेछ । पैसा मात्रै होइन, भरोसा लुटिएको, सपना च्यातिएको, इमानत बर्बाद पारिएको घटनालाई ‘महाभोज’ले पर्दामा उतार्दैछ । र यो कुनै कल्पना होइन—देशमै घटिरहेको, धेरैको जिन्दगी तहसनहस बनाएको सहकारी ठगीको यथार्थ चित्र हो । आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङजस्ता स्टार कलाकारहरूले अभिनय गरेको यो फिल्मलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...