‘चमेलीको पोइ’को ‘इन्डक्ल्याप’

May 21, 2025 at 10:30 PM

काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’को छायांकन सकिएको छ । ३४ दिनको नियमित छायांकनपछि चलचित्र सकिएको हो । एभरेष्ट सूर्य बोहरा निर्देशित यो चलचित्र मंगलबार मुस्ताङको मुक्तिनाथ मन्दिरमा ‘इन्डक्ल्याप’ गरिएको हो । नयाँ वर्षको अवसर पारेर वैशाख १ गते बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको चलचित्रले २ गतेदेखि मुस्ताङ पुगेर छायांकन सुरु गरेको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...