‘मोहर’ को नयाँ पोस्टरमा नीति र बेनिशाको अँगालोमा पल

June 5, 2025 at 06:52 AM

काठमाडौं– साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ । पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । पल अभिनेत्री बेनिशा हमालसँग लामो कपाल पालेर अँगालोमा बाँधिएका छन् । यता, उनी छोटो कपालको साथमा अभिनेत्री नीति शाहको अँगालोमा बाँधिएको देख्न सकिन्छ । यसले, कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ । फिल्म ‘मोहर’लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ । यो फिल्मको टिजर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...