‘लाज शरणम्’ को सय दिनको सफल प्रदर्शन

June 6, 2025 at 05:30 AM
1 min read

काठमाडौं- कुमार कट्टेल (जिग्री) निर्देशित फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्ष फागुन १४ गते प्रदर्शन भएको फिल्मले काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स फिल्म भवनमा प्रदर्शनको एक सय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । उनले समसामयिक विषयलाई समेटेर फिल्म निर्माण गरेकै कारण दर्शकले मन पराएको प्रतिक्रिया दिए । फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामालगायतको अभिनय रहेको छ । यसै गरी उनले ‘लाज शरणम् २’ निर्माणको तयारी भइरहेको जानकारी दिए ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...