बेनिशा भन्छिन्– ‘मैले जीवनभर सम्झिरहने फिल्म बन्यो ‘मोहर’

June 11, 2025 at 07:35 AM

काठमाडौं– जेठ २७ गते अर्थात मंगलवार नयाँ नेपाली फिल्म ‘मोहर’ को टीजर सार्वजनिक भएको छ । १ मिनेट १९ सेकेण्डको उक्त टीजरमा अभिनेत्री बेनिशा हमाललाई बारम्बार देखिएकी छिन् भने अभिनेत्री नीति शाहलाई केवल एक पटक देखाइएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको फिल्म ‘मोहर’ को तीन दिन अगाडि मात्र पोस्टर सार्वजनिक गरिएको थियो । दुई फरक भागमा देखिएको पोस्टरमा नीति तथा बेनिशा अभिनेता पल शाहको अंगालोमा भएको कुराले पल नीतिको की बेनिशाको हो भन्ने कौतुहलता बढाएको थियो । फिल्मको टीजरमा देखाइए अनुसार यसमा देउकी प्रथालाई मुख्य कथावस्तु बनाइएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...