‘मिरमिरे’ को छायांकन प्रारम्भ, दहाहाङ र सपूतको पहिलो सहकार्य

July 5, 2025 at 06:26 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मिरमिरे’को छायांकन प्रारम्भ भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम छायांकनका लागि शुक्रवार नै काठमाडौंबाट निस्किएपछि शनिवारदेखि छायांकन प्रारम्भ भएको हो । काभ्रेको पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकनको थालनी गरिएको हो । निर्देशक याम शेर्पाका अनुसार काभ्रे पलाञ्चोकबाट प्रारम्भ भएको छायांकन करिब ३५ दिनमा पूरा गर्ने लक्ष्य छ । शेर्पाका अनुसार यो फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा गरिने छ । यार्सा फिल्म्सको प्रस्तुति रहने यो फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत तथा सिर्जना निङलेखु छन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...