नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

July 7, 2025 at 03:47 AM

भक्तपुर– नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । आइतवार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रवार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो । अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतवार बिहानदेखि यातायात सञ्चालन भएको थियो । शनिवार राति छ वटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतवार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...