काठमाडौं– अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुःख’ मा भारतीय छायाँकार कबीर लाल तथा शाहिद लाल अनुवन्धित भएका छन् । आइतवार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो । कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन् । शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन् । बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुवन्ध गरिएको हो। फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...