‘मुनामदनको ब्रेकअप’मा देखिँदै छन् राज कटुवाल

July 13, 2025 at 06:26 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटुवाल मात्र फाइनल भएका छन् । कटुवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटुवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...