अस्कर कलेजको तेश्रो यूथ सर्ट फिल्म कम्पिटिसनमा भाग लिने कि ?

July 23, 2025 at 11:51 AM

काठमाडौं– नेपालको पुरानो फिल्म कलेज अस्कर अन्तर्राष्ट्रिय कलेजले वर्षेनी आयोजना गर्दै आएको सर्ट फिल्म कम्पिटिसनको तेश्रो संस्करणको घोषणा गरेको छ । कलेजले बुधवारदेखि सर्ट फिल्महरुका लागि औपचारिक रुपमा आह्वान गरेको छ । २० वर्षभन्दा मुनिका युवा–युवतीहरूको लागि लक्षित यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, दोस्रोले पचास हजार रुपैयाँ तथा तेश्रो हुनेले २५ हजार रुपैयाँ पाउने छन् भने सान्त्वना पुरस्कारसहित सबै पुरस्कार पाउने सिनेमाकर्मीहरूले यदि कलेज भर्ना हुने ईच्छा देखाएमा कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने उल्लेख गरेको छ । आह्वान गरिएका सर्ट फिल्महरु कम्तिमा ८ मिनेट बढीमा १५ मिनेट हुनु पर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...