मःमका लागि निर्देशक बनेका सौगात मल्ल

July 28, 2025 at 12:26 PM

काठमाडौं– अभिनेता सौगात मल्ल यतिबेला साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को प्रचार–प्रसारमा व्यस्त छन् । सोमवार काठमाडौंमा यही फिल्मको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा अभिनेता मल्लले आफ्ना पुराना दिनहरु पनि सम्झिएका छन् । त्यसक्रममा उनले मःम खानकै लागि निर्देशक बनेको कुरा पनि सम्झिएका छन् । विगतका कुराहरु सम्झँदै सौगात भन्छन् – ‘फिल्म क्षेत्रमा मलाई सबैभन्दा मन नपर्ने कुरा भनेकै निर्देशन हो । निर्देशनमा अति झमेला हुन्छ । त्यसैले मलाई निर्देशनमा फिटिक्कै रुचि पनि छैन ।’ यद्यपि, उनले एउटा रमाइलो प्रसंग उल्लेख गर्दै भनेका छन्– ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...