अभिनेत्री जन्मदिनको अवसरमा ‘मिरमिरे’ को प्रदर्शन मिति घोषणा

August 1, 2025 at 07:59 AM
1 min read

काठमाडौं- यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ले रिलिज डेट घोषणा गरेको छ । निर्माणपक्षले माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर रिलिज डेट तय गरिएको हो । छायांकनको सेटबाटै निर्माणपक्षले रिलिज मिति सार्वजनिक गरेको छ । प्रदर्शन मिति घोषणाको बारेमा बोल्दै निर्देशक शेर्पा भन्छन्-‘हामीले माघ १ गते आउने निर्णय गर्‍यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा माघ १ गते आउने निर्णय गरेका हौँ’। अहिले यो फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१ गतेबाट छायांकन सुरु भएको फिल्मको छायांकन अबको करिब दुई सातामा सकिने निर्माण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...