‘बलिदान’ को पत्रकार सम्मेलनमा जे देखियो….

September 28, 2025 at 11:06 AM

काठमाडौं– बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’ को आइतवार काठमाडौंको नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका अभिनेता समीर भट्ट आकर्षणको केन्द्रमा रहे । पत्रकार सम्मेलनमा सहभागिता जनाउन होटलको परिसरमा सेतो रंगको महंगो गाडीबाट उत्रिनुअघि नै उनलाई दर्जनौँ सञ्चारकर्मीका क्यामराले घेरिसकेका थिए । फिल्मको पर्दामै ड्यासिङ देखिएका अभिनेता भट्टको पत्रकार सम्मेलन आयोजना भएको हलको प्रवेश पनि धमाकेदार नै रह्यो । उनी हलमा प्रवेश गर्नुअघि नै कार्यक्रमका सञ्चालक सञ्चारकर्मी जीवन पराजुलीले आकर्षक शैलीमा उद्घोषण गर्दै उनको बारेमा जानकारी गराइसकेका थिए । फिल्मका निर्देशक सन्तोष सेन, अभिनेत्री ऋचा शर्मा, कलाकार प्रजल दुलाल, निर्माता प्रेम पुरीसहितको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...