ट्रेलरमा ‘वरिष्ठ बलराम’: केका लागि हुँदैछ दयाहाङ र विजयको संघर्ष ? (भिडियो)

October 9, 2025 at 10:15 AM

काठमाडौं– तिहारको भाइटीकाको दिन अर्थात आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको यो फिल्मको ट्रेलरमा फिल्मका मुख्य दुई पात्रहरु दयाहाङ राई तथा विजय बरालबीचको संघर्षलाई प्राथमिकता दिइएको छ । खोलाको ढुंगा तथा बालुवाको ठेकेदारको भूमिकामा प्रस्तुत भएका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि प्रारम्भ हुने द्वन्दको सेरोफेरोमा फिल्मको ट्रेलर केन्द्रित छ । आफू गरिव भएकै कारण अरूको हेपाइमा परेको अनुभूति गर्ने विजय तथा आफूले ढुंगा, बालुवा झिकिरहेको खोलामा अरु कसैले हस्तक्षेप गर्न ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...