फिल्म सेन्सर सहज बनाउन बोर्डले बनायो नयाँ कार्यविधि

December 19, 2025 at 03:05 PM

काठमाडौं– फिल्मको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड) ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेदेखि लागू भइसकेको छ । सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाले फिल्मको सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी तथा झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताएका छन् । ‘सेन्सर बोर्डका प्रक्रियागत जटिलताहरूलाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’ उनले भने– ‘सेन्सरमाथि प्रश्न चिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...