‘लालिमा’ को गीतमा रोशनी र जीवनको द्वन्द–रोमान्स (भिडियो)

February 16, 2026 at 11:47 AM

काठमाडौं– यही फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । निर्माण पक्षले ओएसआर युट्युब च्यानलबाट अभिनेत्री रोशनी कार्की तथा अभिनेता जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो । अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल तथा सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा समावेश गरेर निर्माण पक्षले कथाबारे जानकारी दिन खोजेको छ । गीतको भिडियोमा रोशनी र जीवनको द्वन्द–रोमान्स देख्न सकिन्छ । रोशनीको चरित्रको यौन व्यवसायको पाटो र उनी मानसिक रूपमा विक्षिप्त भएको भिडियोमा देखिन्छ । यो गीतमा गायिका प्रीति कौरले स्वर दिएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...