फस्ट लुक्समा ‘मितज्यू’: तेरियाको अगाडि दया र सौगातको नोकझोँक

February 27, 2026 at 02:39 AM
1 min read

काठमाडौं- आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मितज्यू’ को फस्टलुक्स शुक्रवार सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ । ग्रामीण परिवेश र सामाजिक द्वन्दको झल्को देखिन्छ । पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया पौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन् । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...