नारी दिवसमा ‘परालको आगो’ को नयाँ पोस्टर

March 8, 2026 at 11:53 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ । सार्वजनिक गरिएको नयाँ पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता बढाएको छ । सुनौलो घामले छोएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी सुहाना थापाको भावपूर्ण मुद्राले पोस्टरलाई अझ जीवन्त बनाएको छ । उनको अनुहारमा देखिएको गहिरो संवेदना र शान्त भावले कुनै नारीको भित्री कथा बोलिरहेको जस्तो अनुभूति दिलाउँछ । पोस्टरमा प्रयोग गरिएको ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...