ब्रेन इन्जुरीबाट बाँचेका बेलायतीहरूको कथामा ‘द एभरेस्ट ड्रीम’, निफमा रिलिज हुँदै

March 16, 2026 at 11:34 AM
1 min read

काठमाडौं- बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो फिल्मलाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरहरूले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताइएका उनीहरूले हार नमानी नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए । फिल्ममा उनीहरूको स्कटल्याण्डबाट प्रारम्भ भएको यात्रा, काठमाडौं आगमन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...