‘पाँच पाण्डव’ बाट निकालिए बलात्कारको आरोप लागेका अभिनेता सागर लम्साल

April 3, 2026 at 08:12 AM

काठमाडौं– झापामा छायांकनरत नेपाली फिल्म ‘पाँच पाण्डव’ निर्माण टिमले अभिनेता सागर लम्साल (बले) लाई फिल्मबाट निष्कासन गरेको घोषणा गरेको छ । निर्माण कम्पनी कालिरानी फिल्म्स प्रालिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीमाथि एक युवतीले सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएपछि यस्तो निर्णय लिइएको हो । विज्ञप्तिमा उल्लेख भएअनुसार अमेरिकामा अध्ययनरत एक युवतीले सागर लम्सालमाथि बलात्कारको आरोप लगाएकी हुन् । उक्त आरोप सार्वजनिक भएपछि निर्माण टिमले आपतकालीन बैठक बसेर नैतिकताको आधारमा उनलाई फिल्मबाट हटाउने निर्णय गरेको जनाएको छ । निर्माण पक्षले घटनाको सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायसँग माग गर्दै, पीडितलाई न्याय मिल्नु पर्नेमा जोड ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...