नयाँ पोस्टरसहित ‘जदौ’ को रिलिज डेट घोषणा

April 14, 2026 at 06:03 AM

काठमाडौं– नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘जदौ’ को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्म भदौ १२ गते प्रदर्शन हुनेछ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा प्रस्तुत गरिएको छ । अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...