‘काजी’ को दोस्रो पोस्टर सार्वजनिक: विपीन र केकीको प्रेमिल झलकले दर्शकमा बढायो उत्सुकता

April 27, 2026 at 07:28 AM
1 min read

काठमाडौं- आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतवार निर्माण टिमले फेसबुकमार्फत फिल्मको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको प्रेमिल भावमा देखिएका छन् । उनीहरू एक अर्कालाई अँगालो हालिरहेको अवस्थामा प्रस्तुत छन्, जसले फिल्मको कथा, गहिरो प्रेम, सम्बन्ध र जीवनका संघर्षहरूमा केन्द्रित रहेको संकेत दिन्छ । तस्बिरमा विपीनले परम्परागत ढाका टोपी, सर्ट र गञ्जी लगाएको देखिन्छ भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन् । यसले नेपाली संस्कृति र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...