काठमाडौं- निर्देशक तथा अभिनेता बिराज भट्टको बहुप्रतिक्षित फिल्म ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ । फिल्मको छायांकन प्रारम्भ भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ । लामो समयदेखि फिल्म क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली फिल्ममा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए । ‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली फिल्म क्षेत्रमा विशेष रूपमा हेरिएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...