‘गौँथली’ मा अरुण र सिम्रन दुलाहा-दुलहीको भेषमा

May 15, 2026 at 09:51 AM
1 min read

काठमाडौं- अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा-दुलहीको भेषमा छन् । यद्यपि दुईको जोडी अनौठो र असामान्य देखिएको छ । अरुण खुसी देखिँदा सिम्रन भने दुखी देखिएकी छिन् । सिम्रन एकल रहेको पोस्टरमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...