लोकप्रिय गायक प्रमोद खरेल कुरिअर सर्भिस कम्पनी गाउँबेशी लोजिस्टिकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । कुरिअर सेवाको क्षेत्रमा थुप्रै सेवाग्राहीको मन जित्दै आएको गाउँबेशी लोजिस्टिकले आज (शुक्रबार) एप्रिकस क्याफेमा पत्रकार भेटघाट गर्दै गायक खरेललाई औपचारिक रुपमा ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको जानकारी गराएको हो । साथै दुबैपक्ष बिच एमओयुमा समेत हस्ताक्षर गरिएको थियो । गाउँबेशी लोजिस्टिकको तर्फबाट सिईओ बिपिन रिजाल र गायक खरेलले हस्ताक्षर भएको एमओयुमा साटासाट गरेका थिए । जसरी प्रमोद खरेल नेपालको पुर्व मेची देखी पश्चिम महाकालीसम्म जनजनको मनमा बस्नुभएको छ त्यसरी नै गाउँबेशी लोजिस्टिकले पनि प्रत्येक सेवाग्राहीको घरको ढोकासम्म सेवा दिइरहेको छ । कार्यक्रममा सिईओ रिजालले भने । हरेक नेपालीको मनमा बस्नुभएको गायकलाई हाम्रो कम्पनीसँग जोड्न पाउँदा खुसी लागेको छ । सोहि अवसरमा प्रमोद खरेलको परम्परा ब्याण्डको अफिसियल गीत सलल कर्णाली सार्वजनिक गरियो । उक्त भिडियोमा गाउँबेशी लोजिस्टिक सहयोगी संस्थाको रुपमा रहेको छ । गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट समेत रहेका प्रमोद खरेलकै आवाज छ भने सपोटिङ आवाज सृष्टि बुढाको रहेको छ । गीतमा शब्द र संगीत सुरज थापाको छ । संगीत संयोजनको काम परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो । गीतको इन्ट्रो शब्द भने भिम बिसीको हो । गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । भिडियो कर्णालीमै पुगेर खिचिएको छ । सुन्दर दृश्य क्यामेरामा कैद गर्ने काम अर्जुन तिवारीको टिमले गरेको छ भने निर्देशक लक्ष्मण पौड्यालले गरेका हुन् । भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । भिडियोको निर्माता दिपा सिटौला हुन् । गायक खरेलले यस गीतलाई ब्याण्डको प्रतिक्षित गीतको रुपमा लिएको जानकारी दिए । गीतको अडियो र भिडियोको पार्टमा आफ्नो टिमले धेरै मिहिनत गरेको भन्दै अब दर्शकमाफ खुल्ला प्रतिक्रियाका लागी छाडिएको जानकारी गराएका छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...