२५ पत्रकारलाई चलचित्र समीक्षा र पत्रकारितासम्बन्धी तालिम

June 10, 2026 at 09:03 AM

काठमाडौं– चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म तालिम सञ्चालन भएको हो । चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चार माध्यममा आवद्ध २५ जना पत्रकार सहभागी थिए । तालिममा चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण तथा जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...