मेस्सी, रोनाल्डोदेखि ब्राजिल-अर्जेन्टिना: कलाकारहरूको विश्वकप रोजाइ

June 11, 2026 at 01:53 PM

काठमाडौं– विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ फिफा विश्वकप–२०२६ बिहीवार मध्य रातिदेखि प्रारम्भ हुँदैछ । जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा तथा मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ को प्रतिक्षाको घडी आउन अब धेरै समय बाँकी छैन । फिफाले यसपटकको विश्वकपमा ४८ देशका राष्ट्रिय टोलीलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ टीमले बढी हो । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान तथा जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समयमात्र होइन, यसपटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । यसपटकको विश्वकपमा कुल १०४ खेल खेलिनेछन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...