काठमाडौं– चलचित्र समीक्षक समाज, नेपाल ९फिक्सन० ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्ड’ को मिति तय भएको छ । समाजले एक विज्ञप्ति जारी गर्दै आगामी असार ६ गते ९शनिवार० अवार्ड वितरण समारोह आयोजना गरिने जानकारी दिएको हो । समाजका अनुसार ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ र ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ संयुक्त रूपमा एकै समारोहमा वितरण गरिने छ । विगत दुई वर्षमा प्रदर्शनमा आएका नेपाली फिल्महरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण तथा समग्र मूल्यांकनका आधारमा विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरू छनोट गरिएको समाजले जनाएको छ । अवार्डका विजेताहरूको नाम यसअघि नै सार्वजनिक गरिसकिएको छ । समाजले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...