किन काठमाडौंमा आइन् ज्याकलिन ?

March 29, 2024 at 12:36 PM

काठमाडौं। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शुक्रवार काठमाडौं ओर्लिएकी छन्। ज्वेलरी रनवेमा ‘र्‍याम्प वाक’का लागि उनी यहाँ आएकी हुन्। आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने ज्वेलरी फेसन रनवेमा उनी शो स्टपर रहनेछिन्।  फर्नान्डिजलाई आरबी ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले स्वागत गरेका छन्।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...