काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको नेपाली फिल्म ‘पुजार सार्की’ चर्चामा छ । यसैबीच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने तस्विर सार्वजनिक गरेका छन् । यसअघि प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने सार्वजनिक भइसकेको छ । निर्देशक राउतले पलको नाम मेघराज खत्री रहेको जनाउँदै पात्र परिचय दिने तस्विर सार्वजनिक गरेका हुन् । तस्विरमा अभिनेता शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...