नेपाली फिल्मको ऐतिहासिक उपलब्धिः एचबिओले किन्यो नेपाली फिल्म ‘द रेड सुटेकेस’

April 5, 2024 at 05:16 AM

काठमाडौं– टेलिभिजन च्यानलमार्फत विगत ५१ वर्षदेखि हलिउडका फिल्महरु प्रसारण गर्दै आइरहेको हलिउडको जेठो सिनेमा च्यानल (हाल ओटिटी प्लेटफर्मसमेत रहेका) होम बक्स अफिस (एचबिओ) ले सेटेलाईट तथा ओटिटी वितरणका लागि पहिलो पटक नेपाली फिल्म किनेको छ । एचबिओले पहिलो पटक नेपाली फिल्म ‘द रेड सुटकेस’ किनेको हो । यो फिल्म यही चैत ३० गतेदेखि नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर नेपालमा प्रदर्शन हुँदैछ । यसै क्रममा हलिउड म्यागजिन भेराइटीले बिहीवार सम्प्रेषण गरेको यो समाचार नेपाली चलचित्रकर्मीहरुका लागि एउटा सुखद बनेको छ । नेपाली फिल्मलाई अन्तराष्ट्रिय ओटिटी प्लेटफर्महरुले महत्व नदिएको बेला विश्वकै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...