कोलम्बो- श्रीलंकाको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेसनका प्रवक्ताले बताएअनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन् । ती विद्यार्थीहरू शनिबार बिहान हाइकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् । हान्थाना, श्रीलंकाको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो । यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...