टिकटकविरुद्ध ४ वटा मुद्दाको आज एकै पटक सुनुवाई हुँदै

December 5, 2023 at 03:52 AM
1 min read

काठमाडौं- टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ । ४ वटा मुद्दाको आज एकै पटक पूर्ण सुनुवाई हुन लागेको हो । यसअघि गत मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । कार्तिक २७ मा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...