काठमाडौं– हरितालिका तीजको दिन अर्थात गत भदौ २१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रावायण’ को टीम मंगलवारदेखि देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टीमले नेपालगञ्जबाट यो यात्राको थालनी गरेको छ । फिल्मका प्रमुख कलाकारहरु पल शाह, पूजा शर्मा, प्रकाश शाहलगायतको टीमले आज नेपालगञ्जका दर्शकको प्रतिक्रिया लिनेछ । निर्माण पक्षका अनुसार फिल्मको टीमले मंगलवार नेपालगञ्जमा रहेका दुई सिनेमा हलमा दर्शकसंगै बसेर फिल्म हेर्दै उनीहरुसंग अन्तरक्रिया गर्नेछ । फिल्मको टिमले नेपालगञ्जपछि भोलि बुधवार दाङ तथा पर्सि बिहीवार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...