चलचित्र ‘राजागंज’ चैत १ मा प्रदर्शनमा आउने

October 22, 2024 at 08:17 AM
1 min read

काठमाडौं- विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पुगेको नेपाली चलचित्र ‘राजागंज’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र नेपालमा चैत १ गते रिलिज हुने भएको हो। देश बाहिर ‘पूजा, सर’ को नाममा प्रिमियर भएको चलचित्र स्वदेशमा ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुनेछ। टी फोक्स फिल्मस् र ब्यांकतेश इन्टरटेन्मेन्टले चलचित्रलाई नेपालभर वितरण गर्नेछन्। दीपक रौनियारको निर्देशन रहेको फिल्मको निर्मातामा रामबाबु गुरूङ र दयाहाङ राईसँगै भारतीय निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्। महिलाप्रधान यो चलचित्रको शीर्ष भूमिकामा आशा मगराती छिन्। साथमा दयाहाङ राई, विजय बराल, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...