चलचित्र ‘महापुरूष’ अब युट्युबमा

October 28, 2024 at 05:32 AM
1 min read

काठमाडौं- प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार फिल्म ‘महापुरूष’ अब युट्युबमा रिलिज हुने भएको छ। दुई वर्षअघि हलमा प्रदर्शनमा आएर व्यवसायिक सफलता प्राप्त गरेको फिल्म लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गते युट्युबमा रिलिज हुन लागेको हो। फिल्मलाई केन्द्र मोशन पिक्चर्सको युट्युबमा रिलिज गर्न लागिएको निर्माता कम्पनी षट्कोण आर्ट्सले जनाएको छ। यो फिल्म यसअघि ओटिटी प्लेटफर्ममा समेत स्ट्रिमिङ भइसकेको छ। पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराईली, रबिन्द्र सिंह बानियाँ, नरेश पौड्याल, सिरू बिष्ट, कोपिला थापा लगायत कलाकारहरूको अभिनय छ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...