काठमाडौं- नेपाली फिल्म ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति रहेको थियो । सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा निर्माण हुने यस फिल्मको निर्माता सन्तोष गौतम रहेका छन् । फिल्मका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले रहेका छन् । साथै फिल्ममा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी लगायतका कलाकारहरुको अभिनय रहने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...