वसन्त पञ्चमीको मौका छोप्दै कलाकार

February 3, 2025 at 04:23 AM

काठमाडौं– हरेक वर्ष आजको दिन अर्थात माघ शुक्ल पञ्चमीको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । आजको दिन विद्याकी देवी माता सरस्वतीको पूजा आरधना गरिन्छ । माता सरस्वतीलाई मनोरञ्जन क्षेत्रले पनि विशेष सम्मान व्यक्त गर्दछ । खासगरि गीत–संगीत तथा लेखन कार्यमा आवद्ध हुने व्यक्तिहरुका लागि सरस्वती पूजाको विशेष महत्व हुन्छ । आजको दिन विवाह, व्रतबन्धसहित हरेक प्रकारका शुभ कार्यको थालनी गर्न साइत जुराउनु नपर्ने धार्मिक विश्वास छ । त्यसैले पनि आजका दिन स–साना बालबालिकाहरुलाई अक्षरारम्भ गराउनेदेखि ठूला–ठूला कार्यको थालनी पनि गरिन्छ । नेपाली मनोरञ्जन क्षेत्रमा पनि आज विभिन्न कार्यक्रमहरुको थालनी गरिँदैछ । कलाकर्मीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...