‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर

February 16, 2025 at 05:31 AM
1 min read

लन्डन – बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली फिल्मकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो । नेपालबाट यस फिल्मकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, फिल्म निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...