काठमाडौं- गत वर्ष प्रदर्शनमा आएर व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म सिनेमाघरमा रिलिज भएको छ । दयारानी नेपाली पारिवारिक फिल्म हो, जसलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यो फिल्ममा दयाहाङ राई, दिया पुन र विजय बराल मुख्य भूमिकामा छन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको कथाले एक दम्पतीको बाँझोपनसँगको सङ्घर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । समाजका अपेक्षाहरू र जटिल पारिवारिक सम्बन्धहरूको बीचमा, पति-पत्नीले सन्तान प्राप्तिका लागि गर्ने प्रयासहरूलाई फिल्मले हास्य र भावनात्मक ढङ्गले चित्रण गरेको छ । सिनेमाघर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...