शिवरात्रीको अवसर पारेर फ्लोरमा ‘हर्ष’

February 26, 2025 at 07:40 AM
1 min read

काठमाडौं- निर्देशक एकता पौडेलको आगामी फिल्म हर्ष को शुभमूहूर्त आज शिवरात्रीको अवसरमा काठमाडौंको ठमेल स्थित त्रिदेवी मन्दिरमा गरिएको छ। फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा रहनेछन्। यो फिल्मको फ्लोर १७ गतेबाट लाग्नेछ। फिल्ममा खगेन्द्र र वर्षाका अतिरिक्त सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन, र संगीता नापितको पनि अभिनय रहनेछ। ‘हर्ष’ सिनेमाको कथा स्वयं एकता पौडेलले लेखेकी हुन्। यो फिल्मले पारिवारिक र सामाजिक कथालाई पर्दामा उतार्नेछ। फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् भने संगीत वसन्त सापकोटा र एलिश कार्कीको रहनेछ। सम्पादन लोकेश बज्राचार्यको, र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...