बुधबार महाशिवरात्रिको अवसर पारेर आधा दर्जन जति चलचित्र निर्माण घोषणा, शुभमूहर्त र छायांकनमा निस्केका छन् । रिमेश अधिकारीको निर्देशन रहने चलचित्र ‘योगमाया’को पशुपतिमा घोषणा गरिएको छ भने सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘माग्ने राजा’को छायांकन आरम्भ गरिएको छ । त्यस्तै काठमाडौं मातातीर्थमा मुहूर्तगर्दै ‘कुस्ती’को छायांकन सुरु गरिएको छ भने ललितपुरको च्यासलमा निर्माण गरिएको सेटमा ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन प्रारम्भ भएको छ । यस्तै, निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...