प्रिमियरमा व्यापक रुचाइएको ‘अञ्जिला’ लाई उत्साहजनक शो

March 12, 2025 at 09:25 AM
1 min read

काठमाडौं- होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली फिल्म ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि फिल्म हलहरू पनि उत्साहित देखिएका छन् । अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य फिल्महरूका बाबजुद हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन् । बुधवार बिहानसम्म ११० बढी शो प्राप्त गरेको ‘अञ्जिला’ साँझसम्ममा केही शो बढ्ने अनुमान गरेको निर्देशक मिलन चाम्सले बताए । ‘प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,’ निर्देशक चाम्सले भने, ‘शो सङ्ख्या भन्दा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...