काठमाडौं- अभिनेत्री तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेशनल एचिभमेन्ट अवार्ड (सिजन–२)’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रनर’ अवार्डबाट सम्मानित भएकी छिन् । उक्त अवार्ड उनलाई इण्डोनेसियाको बालीमा शुक्रवार आयोजित एक विशेष समारोहमार्फत प्रदान गरिएको हो । निकिला मिडिया नेटवर्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रम बाली पेजेन्ट्सको सहकार्यमा भएको थियो । कलाकारिता क्षेत्रमा सक्रिय गौतमले टेलिभिजन प्रसारण र व्यवसायिक क्षेत्रमा समेत सफलताको उचाइ छोएकी छिन् । गौतमले कलाकारिता र उद्यमशीलता दुवैलाई सँग-सँगै अघि बढाउँदै आएकी छिन् । यही कारणले उनी यो अवार्डका लागि योग्य ठहरिएकी हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...