काठमाडौं- पुरानो चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ का लागि पुनः रेकर्ड गरिएको गीत बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल, सरोज खनाल, उषा खड्गी, दिपा शाही लगायतको नृत्य हेर्न सकिन्छ । यो गीतमा शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर छ । यसको शब्द तथा संगीत शम्भुजित बाँस्कोटाको हो । गीतको भिडिओ काठमाडौंको जरसिंह पौवामा सेट नै लगाएर ४ दिनमा खिचिएको हो । भिडियोलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...