प्रधानमन्त्रीद्वारा फिल्म छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माणको शुभारम्भ

May 13, 2025 at 10:48 AM
1 min read

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक फिल्म छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । देशमा फिल्म निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा फिल्म क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फिल्म छायांकन इनडोर स्टुडियो निर्माण कार्य प्रारम्भ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...