नयाँ नेपाली फिल्म ‘परिवर्तन’ बन्ने, अञ्जना र सुशीलको प्रमुख भूमिका

May 25, 2025 at 07:50 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ नेपाली फिल्म ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । माझी दाइ, आमाको काखलगायतका दर्जनौँ फिल्म निर्देशन गरिसकेका केरुङको यो नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिने छ, जसले कानुनप्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्वबिचको सङ्घर्ष भोग्दै जान्छ । यो फिल्मले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल तथा गरिव, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने छ । यो फिल्ममा पछिल्लो समयका डिमान्डेड कलाकारहरू अञ्जना बराइली तथा सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिने छन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...